शुक्रबार, फाल्गुन ११, २०८०


आजको यूग प्रविधिको यूग हो।  प्रबिधि र दक्ष मानबश्रोत र साधनको अधिकतम विकास तथा परिचालनबाट नै  पश्चिमा मुलुकहरु बिकसित देशको मूल प्रबाहमा अगाडी बढिरहेका छन्। तर नेपाल प्रबिधि,दक्ष मानबश्रोत साधनको विकास र यसको यथोचित परिचालनमा पछाडी पर्नु नै बिकासको गति अपेक्षितरुपमा हुन नसकेको कुरा निर्बिकल्प छ। यसैले समृध्द नेपाल निर्माणको लागि प्रबिधि र श्रम बजारमा आवश्यक शिप युक्त बजार उन्मुख प्राबिधिक जनशक्तिको विकास गर्ने उदेश्यनामुरूप  प्राबिधिक तथा व्यवशायिक तालिम परिषद अन्तर्गत  यो अर्घाखाँची एग्रो फरेस्ट्री पोलिटेक्निक स्कूलको स्थापना भयको हो।

नेपाल कृषि प्रधान देश हो भने  हामी संग बिशाल बनजंगल सम्पदा रहेको छ त्यसैले “हरियो बन नेपालको  धन” भन्ने गरिन्छ। तर कृषि र बनजंगलको एकिकृत.दिगो विकासको लागि आवश्यक पर्ने बहुआयामिक  प्रबिधि युक्त दक्ष जनशक्तिको अध्यन अध्यापन हुने संस्था हालसम्म नेपालमा नै न भयकोले यस किसिमका प्राबिधिक जनशक्तिको आबश्यकता परिपूर्तिको लागि Integrated Agro-forestry course समेत समाबेस गर्ने गरि स्थापना भयको यो स्कूल नेपालकै पहिलो स्कूल हो। हाल यस स्कूलमा संचालन भैरहेको कृषिबाली र पशु  बिज्ञानको डिप्लोमा तहको कार्यक्रम प्रसंशनीय छ।  साथै आगामी बर्षमा यस स्कूलले Ingretrated agro-forestry course को डिप्लोमा तह पनि संचालन गर्न सफल हुनेछ भन्ने बिश्वास लियको छु।

यो स्कूल प्रशिक्षार्थीहरुको तालिम/ प्रशिक्षणमा  मात्र सिमित नरही कृषि संग सम्बन्धित कृषिबाली र पशुपन्छीका बहुआयामिक नमुना फार्महरुको (Model Farms) स्थापना तथा विकास गरि प्रशिक्षार्थीलाई Learning by doing को सिकाई सगै आयआर्जन कार्यक्रमबाट प्रशिक्षार्थी तथा संस्थालाई अत्ममिर्भर  गराउनुको साथै यस क्षेत्रका किसानहरुलाई आधुनीक कृषि प्रबिधिको हस्तान्तरण ( technology transfer )  गर्न समेत सफल हुनेछ भन्ने बिश्वास लिएको छु।

अन्त्यमा, आगामी दिनमा यो स्कूलको उत्तरोउत्तर प्रगति तथा यस क्षेत्रकै उत्कृष्ट नमुना  स्कूलको रुपमा अगाडी बढ्ने छ भन्ने शुभकामना व्यक्त गर्दछु।

 डा. जय बहादुर टन्डन
पूर्व सदस्य- सचिब, CTEVT

 पाणिनी ७, अड्गुरी , झंद्रेक

 श्रावण १०, २०७७