Latest Notices

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको आङिक शिक्षालय को रुपमा बि. स २०७४ सालमा स्थापित यो एग्रो फरेस्ट्री बहुप्राविधिक शिक्षालय अर्घाखाँची जिल्लाकै नमुना शिक्षालयको रुपमा बिकास हुन आफ्नो पहल कदमी अगाडि बढाइरहेको छ। जिल्लाको छत्रदेव गाउपालिका-०४ मा अवस्थित यो शिक्षालय बिभिन्न दृष्‍टिकोण बाट आकर्शणको केन्द्र बनिरहेको छ। विद्यार्थीहरुको पठन पाठन बैज्ञानीक तरिकाले गर्ने कुरामा होस् या विद्यार्थीको समग्र पठन पाठन व्याबहारिक रुपमा अगाडि बढाउने कुरामा होस्, शिक्षालयले स्थानिय निकाय सँगको सहकार्य र प्रशिक्षक -प्रशिक्षार्थी मैत्री शिक्षालय बनाउने कुरालाई बिशेष ध्यानमा राखेको छ। उमेरगत अवस्थाका कारण ले आउने बिभिन्न सारीरिक तथा मानसिक परिवर्तन र किशोराबस्थाको कारणले आउने बिभिन्न अन्य परिवर्तनले विद्यार्थीको ब्यक्तिगत जीवन र समग्र ब्यक्तित्व लाई असर नगरोस र गर्नु हुँदैन भन्ने कुरामा शिक्षालय सचेत छ। त्यस्को लागि बिभिन्न बखतमा कक्षाकोठामै आम रुपमा वा कक्षाकोठा बहिर ब्यक्तिगत रुपमा उत्प्रेरणा जगाउने कार्यमा हाम्रा प्रशिक्षकहरु अब्बल हुनुहुन्छ।

देशमा बिभिन्न क्षेत्रमा प्राविधिक जनसक्तीको अभाब महसुस भइरहेको बेला यस् शिक्षालयले दक्ष प्राविधिक जनसक्ती उत्पादन गरी राष्ट्र निर्माणको अभियानमा साथ दिन अनबरत काम गर्दै आएको छ। स्थापनाकालको छोटो अबधिमै औपचारिक शिक्षा तथा सिपमुलक तालिम मार्फत समुदायका बिभिन्न क्षेत्र , लिङ र उमेर समुहलाई आत्मनिर्भर, स्वाबलम्बी र स्वरोजगार बनाउन आफ्नो जिम्मेवारि बहन गरी एउटा जिम्मेवार संस्थाको परिचय् बनाउन सफल भएको छ। कृषिप्रधान देशमा जन्मिएर आयातित कृषि उपजमा निर्भर रहने हाम्रो बाध्यतालाई अन्त्य गरी स्वदेशी उत्पादन र खपत बढाइ कृषि अर्थतन्त्रमा सुधार ल्याउने उदेश्यले कृषि सम्बन्धि दुइवटा कार्यक्रम यो शिक्षालयले सन्चालन गर्दै आइरहेको छ। जसअन्तर्गत कृषि (वाली विज्ञान), र कृषि (पशु विज्ञान ) गरी दुईवटा कार्यक्रम छन र भविश्यमा अन्य कार्यक्रम थप गर्ने योजनामा पनि शिक्षालय रहेको छ। जस्ले गर्दा बर्तमान समयको माग अनुसार सिपमुलक दक्ष जनसक्ती स्वदेशमै उत्पादन भइ स्वदेशमै खपत हुनेछन भन्ने कुरामा शिक्षालयले विश्वास लिएको छ। शिक्षालयमा अध्ययन गरीरहदा वा शिक्षालयको अध्ययन सकिसकेपछी पनि जो कोही विद्यार्थीलाई जस्तो सुकै समयमा जस्तो सुकै समस्या परेपनी एउटा अभिभाबकिय संस्थाको हैसियतले सहयोग गर्न शिक्षालय सधैं तयार रहने छ । आउनुहोस् ,तपाईंको र तपाईंसँग सम्बन्धित जो कोहिको भविश्यमा सहजिकरण गर्न हामी सधैंव तयार छौ।

Departments

Latest News of Agroforestry polytechnic Institute

आदरणीय दिपक टण्डन (सिटिइभिटि कर्मचारी संघको केन्द्रीय अध्यक्ष) लाई एग्रो फरेस्ट्री बहुप्राविधिक शिक्षालयमा एक कार्यक्रमका बीच स्वागत

आदरणीय दिपक टण्डन (सिटिइभिटि कर्मचारी संघको केन्द्रीय अध्यक्ष) लाई एग्रो फरेस्ट्री बहुप्राविधिक शिक्षालयमा एक कार्यक्रमका बीच स्वागत

स्वागत कार्यक्रम पश्चात फोटो लिईदै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ( CTEVT) कर्मचारी संघको केन्द्रीय अध्यक्षमा बहुमतका साथ निर्वाचित…

एग्रो फरेस्ट्री बहुप्राबिधिक शिक्षालयमा  वर्ष (२०७८/७९) मा   भर्ना खुल्यो

एग्रो फरेस्ट्री बहुप्राबिधिक शिक्षालयमा वर्ष (२०७८/७९) मा भर्ना खुल्यो

भर्ना खुल्यो !भर्ना खुल्यो !! भर्ना खुल्यो !!! SLC/SEE/TSLC/ pre-diploma तह उत्तीर्ण विद्यार्थी भाइ बहिनीहरुकोलागी शैक्षिक सत्र २०७८/७९ मा डिप्लोमा…

Testimonials

Gallery