Important Links
Welcome to Agro Forestry Polytechnic Institute:Your Trusted Education Partner
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको आङिक शिक्षालय को रुपमा बि. स २०७४ सालमा स्थापित यो एग्रो फरेस्ट्री बहुप्राविधिक शिक्षालय अर्घाखाँची जिल्लाकै नमुना शिक्षालयको रुपमा बिकास हुन आफ्नो पहल कदमी अगाडि बढाइरहेको छ। जिल्लाको छत्रदेव गाउपालिका-०४ मा अवस्थित यो शिक्षालय बिभिन्न दृष्टिकोण बाट आकर्शणको केन्द्र बनिरहेको छ। विद्यार्थीहरुको पठन पाठन बैज्ञानीक तरिकाले गर्ने कुरामा होस् या विद्यार्थीको समग्र पठन पाठन व्याबहारिक रुपमा अगाडि बढाउने कुरामा होस्, शिक्षालयले स्थानिय निकाय सँगको सहकार्य र प्रशिक्षक -प्रशिक्षार्थी मैत्री शिक्षालय बनाउने कुरालाई बिशेष ध्यानमा राखेको छ। उमेरगत अवस्थाका कारण ले आउने बिभिन्न सारीरिक तथा मानसिक परिवर्तन र किशोराबस्थाको कारणले आउने बिभिन्न अन्य परिवर्तनले विद्यार्थीको ब्यक्तिगत जीवन र समग्र ब्यक्तित्व लाई असर नगरोस र गर्नु हुँदैन भन्ने कुरामा शिक्षालय सचेत छ। त्यस्को लागि बिभिन्न बखतमा कक्षाकोठामै आम रुपमा वा कक्षाकोठा बहिर ब्यक्तिगत रुपमा उत्प्रेरणा जगाउने कार्यमा हाम्रा प्रशिक्षकहरु अब्बल हुनुहुन्छ।
देशमा बिभिन्न क्षेत्रमा प्राविधिक जनसक्तीको अभाब महसुस भइरहेको बेला यस् शिक्षालयले दक्ष प्राविधिक जनसक्ती उत्पादन गरी राष्ट्र निर्माणको अभियानमा साथ दिन अनबरत काम गर्दै आएको छ। स्थापनाकालको छोटो अबधिमै औपचारिक शिक्षा तथा सिपमुलक तालिम मार्फत समुदायका बिभिन्न क्षेत्र , लिङ र उमेर समुहलाई आत्मनिर्भर, स्वाबलम्बी र स्वरोजगार बनाउन आफ्नो जिम्मेवारि बहन गरी एउटा जिम्मेवार संस्थाको परिचय् बनाउन सफल भएको छ। कृषिप्रधान देशमा जन्मिएर आयातित कृषि उपजमा निर्भर रहने हाम्रो बाध्यतालाई अन्त्य गरी स्वदेशी उत्पादन र खपत बढाइ कृषि अर्थतन्त्रमा सुधार ल्याउने उदेश्यले कृषि सम्बन्धि दुइवटा कार्यक्रम यो शिक्षालयले सन्चालन गर्दै आइरहेको छ। जसअन्तर्गत कृषि (वाली विज्ञान), र कृषि (पशु विज्ञान ) गरी दुईवटा कार्यक्रम छन र भविश्यमा अन्य कार्यक्रम थप गर्ने योजनामा पनि शिक्षालय रहेको छ। जस्ले गर्दा बर्तमान समयको माग अनुसार सिपमुलक दक्ष जनसक्ती स्वदेशमै उत्पादन भइ स्वदेशमै खपत हुनेछन भन्ने कुरामा शिक्षालयले विश्वास लिएको छ। शिक्षालयमा अध्ययन गरीरहदा वा शिक्षालयको अध्ययन सकिसकेपछी पनि जो कोही विद्यार्थीलाई जस्तो सुकै समयमा जस्तो सुकै समस्या परेपनी एउटा अभिभाबकिय संस्थाको हैसियतले सहयोग गर्न शिक्षालय सधैं तयार रहने छ । आउनुहोस् ,तपाईंको र तपाईंसँग सम्बन्धित जो कोहिको भविश्यमा सहजिकरण गर्न हामी सधैंव तयार छौ।
Introduction
Agro Forestry Polytechnic Institute (AFPI) is a public TEVT institute and a constituent institution of Council for Technical Education and Vocational Training (CTEVT), established in 2017 AD and located at Chhatradev Rural Municipality–4, Mathura, Arghakhanchi.
AFPI was established to provide quality technical education and vocational training opportunities in Agriculture, Livestock, and Forestry for students across Nepal. The institute focuses on practical learning, skill development, and community-based education to prepare students for employment, entrepreneurship, and self-dependence.
Currently, AFPI offers:
- Diploma in Agriculture (Plant Science)
- Diploma in Agriculture ( Plant Animal)
Why Choose AFPI?
- CTEVT Affiliated Technical Institute
- Experienced & Qualified Instructors
- Practical-Based Learning System
- Modern Agriculture & Animal Science Education
- Well-Equipped Laboratories & Practical Fields
- Career & Skill Development Opportunities
- Focus on Employment and Entrepreneurship
- Affordable and Quality Technical Education
- Hostel and Educational Facilities Available
Vision
To become a leading technical institute empowering youth through skills and innovation
Mission
To provide quality technical education and develop skilled, responsible, and self-dependent
Our Facilities
✅ Own Academic Building / Administrative Building
✅ Staff Quarter
✅ Canteen, Power House, Library, Hostel
✅ Goat, Buffalo / Cattle Shed House
✅ Veterinary Teaching Hospital
✅ Poultry Farm, Fish Pond
✅ Semi Hi‑Tech Tunnel
✅ Agricultural Demonstration Field
✅ Separate Lab (Botany, Zoology, Chemistry, Physics
✅ RO based Purified water supply (Hot and Cold)
✅ Solar Lighting System
✅ Digitalize Class Room
✅ Sanitary Pad- Vending Machine
Our Goals
✅ Ensure quality technical education and vocational training
✅ Produce skilled middle-level technical manpower
✅ Promote employability and entrepreneurship
✅ Ensure gender equality and social inclusion
✅ Support local community training needs
✅ Build strong stakeholder collaboration
✅ Ensure institutional sustainability