बुधबार, माघ ९, २०८१

Facilities

This institute is a role model in TVET sector in Arghakhanchi. It has:

1. Own Academic Building

विद्यार्थीको पठन पाठन प्रभावकारी बनाउन शिक्षालय सँग आफ्नै सुविधा सम्पन्न शैक्षिक भवन रहेको छ।
जसले गर्दा बिध्यार्थीको पढाइ मा भौतिक संरचना को कुनै बाधा रहेको छैन।

2. Own Administrative Building

प्रसानिक कामलाई चुस्त र दुरुस्त बनाउन शिक्षालय सँग आफ्नै प्रशासनिक भवन रहेको छ। जसले गर्दा
शिक्षालय मा प्रशासनिक काममा कुनै बाधा रहेको छैन

3. Staff Quarter

प्रशिक्षकहरुको बसाई व्यवस्थापन सहज, सुरक्षित र स्तरीय बनाउनको लागि शिक्षालय सँग सिनियर र
जूनियर गरी दुई ओटा सुविधा सम्पन्न स्टाफ क्वार्टर रहेका छन्। प्रत्येक कोठाहरू किचन र बाथरूम जडित
छन्। सँगसँगै प्रशोधित सुद्ध पिउने पानी, बिजुली/सोलार बत्ती र इन्टरनेट को चौबिसै घण्टा उपलब्धता ले
स्टाफ क्वार्टर को शोभा अझ बढाएको छ।

4. Guard House

शिक्षालयको चौतर्फी सुरक्षाको लागि शिक्षालयको प्रमुख प्रवेश गेटमा चौबिसै घण्टा सुरक्षा कर्मचारी खटिनु
भएको छ। यसले समग्र शिक्षालय र शिक्षालयमा बस्ने प्रशिक्षक तथा छात्रावासमा बस्ने विद्यार्थीको सुरक्षामा
प्रमुख भूमिका खेलेको छ।

5. Guard Quarter

सुरक्षा कर्मचारीको बसाई व्यवस्थापन सहजीकरण को लागि शिक्षालय परिसर भित्र छुट्टै सुरक्षा कर्मचारी
आवासगृह निर्माण गरिएको छ। जसले गर्दा सुरक्षा कर्मचारीको बसाई सहज हुनुको साथै मनोबल उच्च हुन गई
समग्र शिक्षालयको सुरक्षा अब्बल भएको छ।

6. Canteen

शिक्षालय परिसर भित्र सुद्ध ,ताजा र स्वस्थबर्दक खानेकुराको सहज उपलब्धताको लागि शिक्षालयको आफ्नै
चमेना गृह स्थापना भएको छ। शिक्षालयसँग को सम्झौताको आधारमा साप्ताहिक परिकार विवरण तोकिएको
छ र त्यै अनुसार नै सम्पूर्ण विद्यार्थी र शिक्षालय का कर्मचारीहरुलाई खानेकुरा हरु उपलब्ध हुँदै आएको छ।

7. Power House

उच्च विद्युत खपत गर्ने विभिन्न आधुनिक उपकरणहरू सञ्चालन गर्न कुनै समस्या नहोस् भन्नका लागि
शिक्षालयको आफ्नै विद्युत गृह रहेको छ। जसमा शिक्षालयको आफ्नै ट्रान्सफर्मर मार्फत थ्री फेज विद्युत प्रवाह
गरिरहेको छ।

8. Goat Shed House

पशु विज्ञान तथा वाली विज्ञान अध्यनरत विद्यार्थीको व्यावहारिक ज्ञान तथा कार्यकुशलता अभिबृद्धि गर्ने
उद्देश्यले शिक्षालयले आफ्नै आधुनिक बाख्रा खोर निर्माण गरेको छ र सो खोर मा आधुनिक जातका बाख्राहरु
पालिदै आएको छ।

9. Buffalo/ Cattle Shed House

पशु विज्ञान तथा वाली विज्ञान अध्यनरत विद्यार्थीको व्यावहारिक ज्ञान तथा कार्यकुशलता
अभिबृद्धि गर्ने उद्देश्यले शिक्षालयले आफ्नै आधुनिक गाई तथा भैंसी गोठ निर्माण गरेको छ र सो गोठ
मा गाई तथा भैंसी पालिँदै आएको छ।

10. Poultry Farm

पशु विज्ञान तथा वाली विज्ञान अध्यनरत विद्यार्थीको व्यावहारिक ज्ञान तथा कार्यकुशलता
अभिबृद्धि गर्ने उद्देश्यले शिक्षालयको आफ्नै आधुनिक कुखुरा फार्म निर्माण को चरणमा छ र सो फर्मको
निर्माण सम्पन्न भइसकेपछि विद्यार्थीले कुखुरापालन सम्बन्धी विभिन्न प्राविधिक तथा व्यावहारिक ज्ञान
हासिल गर्नेछन् भन्ने विश्वास शिक्षालयले लिएको छ।

11. Veterinary Teaching Hospital

शिक्षालयले पशु विज्ञान अध्यानरत विद्यार्थीको व्यवाहारिक ज्ञान अभिबृद्धि गर्न तथा वास्तविक फिल्ड मा
काम गर्ने हिम्मत वृद्धि गर्न पशु शिक्षण अस्पताल सञ्चालमा ल्याएको छ। यस शिक्षण अस्पतालमा
विद्यार्थीहरुले आफै काम गरेर विभिन्न पशु स्वास्थ्य संग सम्बन्धीत समस्याहरू समाधान गर्नेछन्। यसका
साथसाथै स्थानीय कृषकको घर गोठमा भएका पशुहरूको स्वास्थ्य प्रतिकूल भएको अवस्थामा पनि यदि
विद्यार्थीको सहज पहुंच भएको अवस्थामा ती पशुको पनि उपचार गर्ने अवसर पाउनेछन्।।र यी सबै गतिविधि
प्रशिक्षक हरुको निगरानीमा हुने छन्।

12. Semi Hi-Tech Tunnel

बालिविज्ञान तथा पशुबिज्ञान अध्यनरत विद्यार्थीहरूको लागि नियंत्रित खेतीको अवधारणा सार्थक बनाउन
तथा बेमौसमी खेतीको अवधारणालाई व्यवाहारिक रुपमा प्रदर्शन गर्नकोलागी शिक्षालयले एउटा उच्च प्रविधी
युक्त सेमी हाई टेक टनेल र कृषि ज्ञान केन्द्र अर्घाखाँची सँगको सहकार्यमा दुई ओटा सामान्य टनेल निर्माण
गरेको छ।

13. Fish Pond

दुवै कृषि विज्ञान तथा पशु विज्ञान संकायको लागि साझा हुनेगरी शिक्षालय सँग दुईओटा माछा पोखरी रहेका
छन। यसमा विद्यार्थीहरुले माछाको भुरा व्यवस्थापन, खाध्यान्न व्यवस्थापन, रोग व्यवस्थापन, अक्सिजन
व्यवस्थापन, पी एच व्यवस्थापन देखि तयारी माछाको बजार व्यवसथापन सम्मको व्यवाहारिक ज्ञान लिनेछन्।

14. Agricultural Demonstration Field

कृषि ज्ञानकेन्द्र अर्घाखाँची को विशेष सहयोग मा शिक्षालयको प्रयोगात्मक फिल्ड को केही भाग छुट्टाई
विद्यार्थीको कार्यकुशलता मा दुईओटा सामान्य टनेल निर्माण गरी कृषि प्रदर्शनी स्थल निर्माण गरिएको छ।
यहाँ विशेष त बेमौसमी तरकारी खेती को अवधारणालाई विद्यार्थी समक्ष पुर्याइन्छ र उक्त ज्ञान विद्यार्थी
मार्फत स्थानीय किशान सम्म पुर्याइन्छ।

15. Practical Field

सैद्धान्तिक ज्ञान लाई व्यवाहारिक रूप मा उतार्न त कार्य कुशलता अभिबृद्धि गर्न शिक्षालय सँग आफ्नै
प्रसस्त प्रयोगात्मक फिल्ड रहेको छ। जहाँ हरेक मौसम विद्यार्थी ले विभिन्न कार्यको अभ्यास गर्दै आएका छन।

16. Separate

         i) Zoology Lab

         ii) Botany Lab

         iii) Physics Lab

         iv) Chemistry Lab

विशेषतः प्रथम वर्ष अध्यनरत विद्यार्थीलाई लक्षित गरी शिक्षालयमा प्रत्येक प्रयोगात्मक विषयको छुट्टा
छुट्टै प्रयोगशाला रहेका छन्। जस अन्तर्गत जीव शास्त्र, भौतिक शास्त्र र रसायन शास्त्र को छुट्टै प्रयोगशाला
छन्।

17. Library

विद्यार्थीले प्रशिक्षकले कक्षाकोठामा निर्दिष्ट गरेका कुरा बाहेक अन्य विविध विषयमा विशिष्ट अध्ययन
गर्न चाहेमा शिक्षालय को आफ्नै पुस्तकालयमा गई अध्ययन गर्न सक्ने छन्। पुस्तकालयमा दुवै संकाय का
प्रत्येक विषय का प्रयाप्त पुस्तक उपलब्ध छन्। आफ्नो पाठ्यक्रम बाहेक अन्य विविध ज्ञान बर्दक विषय
अध्यान गर्न चाहने विद्यार्थीको लागि पनि पुस्तकालयमा विविध पुस्तक हरु उपलब्ध छन्। पुस्तकालयको
सामान्य नियम पालना गरेपछि पुस्तकालय सम्मको पहुंच सहज हुने छ।

18. e-library

शिक्षालाई आधुनिक प्रविधि मैत्री बनाउन र विद्यार्थी को पहुंच राष्ट्रिय तथा अन्तरा्ट्रिय क्षेत्रसम्म पुर्याउने
उद्देश्यले यसै वर्ष देखि शिक्षालयमा छुट्टै इन्टरनेट पुस्तकालय को स्थापना गरिएको छ। जसमा विद्यार्थीले
आफूले हेर्न बुझ्न र सुन्न चाहेका विविध बिषयबस्तु कंप्यूटर र इन्टरनेटको माध्यमबाट हेर्न , बुझ्न र सुन्न
सक्नेछन्।

19. RO based Purified water supply (Hot and Cold)

शिक्षालयमा अध्यनरत विद्यार्थी तथा कार्यरत कर्मचारीको स्वास्थ्य लाई मध्यनजर गर्दै शिक्षालयले उच्च
प्रविधियुक्त पानी प्रशोधन गर्ने उपकरण जडान गरेको छ। यो रिभर्स अस्मोसिस पद्धतिमा आधारित उपकरण
चौबिसै घण्टा तातो वा चिसो पानी उपलब्ध गराउने क्षमता राख्दछ।

20. Solar Lighting System

शिक्षालय को भौतिक संरचनाको दृष्टिगत सुरक्षा तथा शिक्षालयको छात्रावास मा बस्ने विद्यार्थी को
रात्रिकालीन सुरक्षाको लागि शिक्षालय परिसर वरिपरि अटोमेटिक सोलार बत्तीहरु जडान गरिएको छ। यसले गर्दा
रातिको समयमा शिक्षालयको बाहिरी परिसर झलमल्ल हुनुको साथै कुनै अशोभनीय कार्य नहुने कुरामा
शिक्षालयले विश्वास लिएको छ।

21. Sanitary Pad- Vending Machine

छात्रा विद्यार्थीको महिनावारी समस्याले पठन पाठन मा कुनै समस्या नहोस्, र महिनावारी कै कारण ले कुनै
दिन पनि पढाइ छाड्नुपर्ने अवस्था नहोस् भन्ने हेतुले छात्रा शौचालय भित्र अटोमेटिक प्याड निकाल्ने यन्त्र
जडान गरिएको छ। यसले गर्दा छात्रा विद्यार्थीलाई महिनावारीको बेला कुनै हिनताबोध नहुने र कक्षा
सञ्चालनको अवधिमा महिनावारी भएमा पनि कुनै समस्या नहुने कुरामा हामीले विश्व विश्वास लिएका छौं।

22. Digitalize Class Room

शिक्षालयका हरेक कक्षाकोठामा प्रविधि मैत्री छन। हामीले कक्षाकोठामा विद्यार्थीको सुरक्षा र कक्षाकोठामा
विद्यार्थीको पहुंच लाई लिएर निकै गम्भीर छौं। त्यसैले प्रत्येक कक्षाकोठामा सिसी क्यामेरा, ओभर हेड
प्रोजेक्टर, पंखा, बत्ती आदि जडान गरिएको छ।

23. High speed Free Wi-Fi

इन्टरनेट पुस्तकालयको अवधारणालाई सार्थक बनाउन र विद्यार्थीहरुले बिषयबस्तु आफै खोजेर अध्यन
गर्ने बानीको विकास गर्न शिक्षालय परिसर मा अप्टिकल केबल मार्फत उच्च गतिको इन्टरनेट जडान गरिएको
छ। यसमा प्रशिक्षक प्रशिक्षार्थी दुवै को समान पहुँच रहेको छ।

24. Girls Hostel

विशेषतः टाढाबाट आउने छात्रा विद्यार्थीलाई लक्षित गरी शिक्षालयले शिक्षालय परिसरमा छात्रा छात्रावास
सञ्चालान मा ल्याएको छ। जसमा शिक्षालय सम्मको सहज पहुंच भएको र भौगोलिक दुरीको आधारमा
प्राथमिकता छुटाइन्छ।

लेखक : सरोज भट्टराई
( यी माथिको लेखन सबै हाम्रो सिक्षालयका प्रशिछक सरोज भट्टराईले गर्नु भएको हो )