बारम्बार सोधिने प्रश्नहरु
१) प्रवेश पारीक्षाको लागि के- कस्तो मापदण्ड छ?
दुबै सन्कायमा अध्ययनको लागि विद्यार्थीहरुले SEE परिक्षामा विज्ञान , गणित र अङ्रेजी विशय मध्य न्युनतम कुनै दुईवटा मा “C” र एउटा मा “D+”ल्याएको हुनुपर्ने छ । SLC परिक्षा को हकमा कम्तिमा दोश्रो श्रेणीमा उर्तिण भएको हुनुपर्ने छ।
२) भर्ना को लागि के- कस्तो कोटा छुट्टाएको छ?
कुल ४० सिट मध्ये लक्षित बर्ग –४ ,छत्रदेव गाउपालिका–२, अर्घाखाँची जिल्ला– ३, गुल्मी जिल्ला–२, कपिलवस्तु जिल्ला–१, र CTEVT सँग सम्बन्धित कर्मचारीको परिवारको लागि–१ कोटा छुट्टाएको छ।
३) छात्रब्रिती प्राबधान कस्तो रहेको छ?
प्रवेश परिक्षामा प्रथम हुने विद्यार्थीकोहकमा पहिलो बर्षको भर्ना सुल्क मिनाहा हुनेछ र पहिलो, दोश्रो र तेश्रो बर्षको अन्तिम परिक्षामा प्रथम हुने विद्यार्थीले क्रमश पहिलो, दोश्रो र तेश्रो बर्षको भर्ना सुल्क (सैक्षिक भ्रमण् र धरौटी बाहेक ) बराबरको रकम फिर्ता पाउने छन्।
४) छात्राबासको सुबिधाको लागि के मापदन्ड राखिएको छ?
शिक्षालयमा ४० जना छत्रा विद्यार्थीको लागि छात्रबासको सुबिधा छ। शिक्षालय सम्मको दैनिक पहुच र भौगोलिक दुरिको आधारमा छात्राबासमा बस्नको लागि प्राथमिकता छुट्टाएको छ।
५) पठन-पाठन को माध्यम कुन हुने छ?
अध्ययन आध्यापन को भाषा नेपाली, अङ्रेजी वा दुबै हुन सक्ने छ । तर शिक्षालयलेअंग्रेजी भाषालाई प्राथमिकता दिएको छ।
६) प्रायोजित कार्यक्रमको निरन्तरता के हुने छ?
हाल शिक्षालयमा छत्रदेव गाउपालिका प्रायोजित वालि विज्ञान सन्कायमा ३९ जना विद्यार्थी अध्ययनरत छन्। यि बाहेक तत्कालका लागि अन्य निकायसँग सामन्वय नहुँदा सम्म प्रायोजित कार्यक्रम सन्चालनमा आउने छैनन्।
७) भविश्यका अवसरहरु?
शिक्षालयबाट उतिर्ण विद्यार्थीहरु लोक सेवा आयोग वा सम्बन्धित संस्थाहरुमा JT (जुनीयर टेक्निसियन) को रुपमा काम गर्न सक्छन्। साथै उच्च शिक्षा अध्ययनको लागि कृषि तथा भेटेरिनरी अध्यापन हुने विश्यबिध्यालयहरुले लिने प्रबेश परिक्षाको लागि योग्य ठहरिनेछन् ।
८) शिक्षालयको संपर्क ब्यक्ती को हुनुहुन्छ ?
शिक्षालयले सुचना अधिकारिको रुपमा यसै शिक्षालयमा कार्यरत कर्मचारी बिजय कुमार थारु लाई तोकेको छ। वहाँको संपर्क नम्बर ९८६७४७४९८७ र ९८०५४२२६९८ रहेको छ।